Comments Add Comment

बैंक अफ काठमाण्डूको इलेक्ट्रोनिक सामान खरिदमा शुन्य प्रतिशत ब्याजदर

२८ भदौ, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकको सुविधालाई मध्यनजर गर्दै घरायसी विद्युतिय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ ।

नेपालीहरुको चाडपर्वलाई लक्षित गरी ल्याइएको सरल किस्ताबन्दी सहितको विशेष योजनामा बैंकको क्रेडिट कार्ड बाहक ग्राहकहरुले आफुलाई आवश्यक CG, LG, Godrej, TCL, Sensei, Elica, Kent तथा Black & Décor ब्रान्डको घरायसी विद्युतीय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सकिनेछ ।

योजना अन्तरगत बैंकको क्रेडिट कार्ड बाहक ग्राहक महानुभावहरुले CG, LG, Godrej, TCL, Sensei, Elica,Kent तथा Black & Décor ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु जस्तै टिभि, मोबाइल, Music System, लुगा धुने मेसीन,AC, Microwave, Vacuum cleaner, Dish Washer, Styler, Water Purifier system, Chimney and Kitchen appliances किस्ता बन्दीमा खरिद गर्न सकिनेछ।

योजनाबाट बैंकको क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतीय उपकरण खरिद गर्दा ग्राहक महानुभावहरुलाई कुनैपनि ब्याज लाग्ने छैन । बैंक अफ काठमाण्डू लिमिटेड र CG Digital Pvt. Ltd. बिच भएको ब्यापारीक सम्झौता अन्तरगत बैंकको ग्राहकलाई यस सरल किस्ताबन्दीको योजनाहरु विभिन्न स्थानको सोरुमहरुबाट उपलब्ध हुनेछन् ।

CG सोरुमहरु, कुमारीपाटी, रबिभबन, टंगाल, त्रिपुरेश्वर, नयाँबजार, भक्तपुर, किर्तिपुर, हात्तिगौंडा, इटहरी तथा भरतपुर तथा LG सोरुमहरु मिनभबन, सिभिल मल, जावलाखेल, कान्तीपथ, चाबहिल, सितापाइला, इमाडोल तथा बिराटनगर क्षेत्रमा उपलब्धछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment