Comments Add Comment

बाबुबाटै छोरी बलात्कृत, पीडितलाई घरबेटीले निकाले

२८ भदौ, ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा–६, मा आफ्नै बाबुबाट १७ वर्षकी किशोरी बलात्कृत भएकी छिन् ।

सिन्धुपाल्चोका ४० वर्षका पुरुष छोरी बलात्कारको आरोपमा पक्राउ परेका छन् । उनले एक वर्षयता बलात्कार गर्दै आएको किशोरीले बताएकी छन् ।

‘पटक पटक बलात्कार भएपछि पीडित युवती र उनका भाई उजुरी दिन आएका थिए’, महानगरीय प्रहरी प्रभाग लुभुका सई रत्नबहादुर थापाले भने, ‘उजुरीको आधारमा हामीले गत ७ असारमा पीडकतलाई पक्राउ गरी पक्राउ गरेर महानगरीय प्रहरी बृत्त, सातदोवाटोलाई बुझाएका हौँ ।’

अहिले ती पुरुष पुर्पक्षका लागि कारागारमा छन् । उनी लकडाउनअघि घरमा रङ लगाउने काम गर्दै आएका थिए । विगत सात वर्षदेखि समता स्कुलको होस्टेलमा बस्दै आएकी छोरीलाई डेढ वर्षअघि आफूसँगै राख्न ल्याएका थिए । किशोरीकी आमा अपांग छिन् ।

आमा–छोरीलाई घर निकाला

यो परिवार शिद्धिपुरामा मासिक चार हजार रुपैयाँ भाडा तिर्ने गरी विगत सात वर्षदेखि बस्दै आएको थियो । किशोरीकी आमाले भनिन्, ‘यसरी (श्रीमानलाई) प्रहरीले लगेपछि छोरी र मैले घरवेटी समाजबाट दैनिक तिरस्कार र दवावको सामना गर्नुपर्‍यो’, उनले अनलाइनखबरसँग भनिन्, ‘दैनिक भाडा मागेर प्रेसर दिन थाले । सात महिनादेखि भाडा नदिएको भन्दै घरवेटीले कोठामा ताल्चा लगाएपछि हामी बिचल्लीमा पर्‍यौँ ।’ उनको सात वर्षका छोरा पनि छन् ।

घरमा बस्नै नसक्ने भएपछि अपांग आमा सहयोग माग्न लुभुको प्रहरी कार्यालयमा पुगेकी थिइन् । गत आइतबार बलात्कृत किशोरीलाई नेपाल अपांग संघले आफ्नो सुधारगृहमा राख्न लगेको अध्यक्ष टीका दाहालले बताइन् । घरमा बस्ने अवस्था नभएपछि ओरेक नेपाल र अपांग संघको समन्वयमा आमा र छोरालाई महिला आयोगको सेल्टरमा पु¥याएको ओरेक नेपालकी कार्यक्रम संयोजक संजिता तिमल्सिनाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment