Comments Add Comment

मनाली फर्किनुअघि कंगनाले लेखिन्–‘मलाई कमजोर संझिएर भुल गर्दैछन्’

५ दिन अगाडि मनालीबाट मुम्बई आएकी बलिउड नायिका कंगना रनावत फेरि आज आफ्नै घर मनाली फर्किएकी छिन् । बीएमसीले अवैध निर्माण भएको भन्दै उनको अफिस तोडफोड गरेपछि उनी मुम्बई आएकी थिइन् ।

मुम्बई आएपछि कंगनाले महाराष्ट्र सरकारको विरुद्धमा आवाज उठाइन् । मनाली फर्किनु अगाडि ट्विट गर्दै कंगनाले लेखेकी छिन्–‘भारी मन लिएर म फर्किदैछु । मलाई कमजोर संझिएर मानिसहरु निकै ठूलो भुल गर्दैछन् ।

बीएमसीले आइतबार कंगनाको घरको सम्बन्धमा एक नोटिस सार्वजनिक गरेको छ । उनी, खारस्थित एक घरको पाँचौ तलामा बस्ने गर्छिन् । जहाँ, कंगनाको ३ वटा फ्ल्याट छ । यो घर निर्माण पनि अवैध भएको भन्दै बीएमसीले नोटिस सार्वजनिक गरेको छ । यो घर निर्माणको मुद्दा अहिले अदालतमा चलिरहेको छ ।

कंगनाले ट्विट गर्दै लेखेकी छिन्–‘मुम्बइमा रहँदा मलाई निरन्तर आतंकित बनाउने काम गरियो । मेरो अफिसपछि मेरो घर तोड्ने कोशिश पनि गरियो । मलाई निरन्तर गाली आइरहेको छ । ममाथि हमला गर्नका लागि सुरक्षाकर्मी पनि तैनाथ थिए । म फेरि भन्न चाहन्छु कि, पीओकेको बिषयमा मैले बोलेको कुरा सही थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment