Comments Add Comment

कविताको फिल्मी यात्रा रोकिएला कि अगाडि बढ्ला ?

नेपाली चलचित्र क्षेत्रमा स्टारका सन्तानहरु कमै मात्र आएका छन् । फिल्मी पृष्ठभूमीबाट आएका थोरै मात्र कलाकारले सफलता पाएका छन् । नायक अनमोल केसी, नायिका केकी अधिकारी, सुहाना थापा, नायक गौरव पहारी, सलोन बस्नेत लगायतका कलाकार चलचित्रमा सक्रिय छन् ।

नायिका करिश्मा मानन्धरले छोरी कविता मानन्धरलाई चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’बाट यो क्षेत्रमा भित्राउने तयारी गरेकी थिइन् । चलचित्रको छायांकन पनि सुरु भैसकेको थियो । कविताले यो चलचित्रमा मन लगाएर काम गरेकी थिइन् । शिव श्रेष्ठको प्रस्तुतिमा बनेको चलचित्रमा कविता र शिवकै छोरा शक्ति श्रेष्ठले काम गरिरहेका थिए । तर, चलचित्रको काम रोकियो ।

संभवत, अब यो चलचित्र निर्माण भएर रिलिज हुने संभावना कम छ । निर्देशक दिपेश सापकोटा त चलचित्र पुरा हुने दाबी गर्छन् ।

पहिलो चलचित्रको काम विचमै रोकिएपछि कवितालाई चलचित्रमा काम गर्ने इच्छा मर्नु स्वभाविक पनि हो । नायिका करिश्मा मानन्धर पनि छोरीको चलचित्रमा काम गर्ने इच्छा कम भएको स्विकार गर्छिन् । उनले, कविताले अहिले चलचित्रको बिषयमा कुरा गर्न छाडेको बताएकी छिन् ।

उसो भए, कविताले चलचित्र यात्रालाई अगाडि बढाउदिनन् त ? करिश्माको कुराले कवितामा चलचित्रमा काम गर्ने इच्छा त कम भएको छ । तर, कविताले यात्रा रोकिनन् भने चलचित्र क्षेत्रका लागि पनि यो सुखद हुने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment