Comments Add Comment

भ्याटका करदाताको अभिलेख बायोमेट्रिक प्रणालीमा

२९ भदौ, काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएका करदाताको अभिलेख वायोमेट्रिक प्रणालीमा अध्यावधिक गर्न सुरु गरेको छ । यो काम चालु आर्थिक वर्षको अन्तिमसम्म सक्ने लक्ष्य राखिएको छ ।

अर्थ मन्त्रालयका अनुसार साउन महिनामा मात्र कुल ६ हजार ८ सय ४९ करदाताको विवरण बायोमेट्रिकमा अध्यावधिक भइसकेको छ ।

आन्तरिक राजस्व विभागका अनससार २०७८ असार मसान्तसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै करदाताको दर्ता सम्बन्धी अभिलेख अध्यावधिक गरिसक्ने लक्ष्य राखिएको छ । सोहीकारण विभागले करदातालाई सम्बन्धित कर कार्यालयमा पुगेर आफ्नो  विवरण अध्यावधिक गर्न समेत विभागले आहृवान गरेको छ ।

मूल्य अभिवृद्धि करमा अहिलेसम्म कुल २ लाख ५९ हजार ८ सय २१ करदाता मूल्य अभिवृद्धि करमा दर्ता भएका छन् । साउन महिना मात्र मूअकमा दर्ता हुनेको संख्या ३ हजार ८ सय ५८ रहेको छ । यो संख्या अघिल्लो वर्षको साउन भन्दा भने ६४ प्रतिशत कम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment