Comments Add Comment

गोदरेजका स्वास्थ्य र सरसफाइसम्बद्ध उत्पादन बजारमा

२९ भदौ, काठमाडौं । विश्वभर त्रास फैलाइरहेको कोभिड-१९ ले हामीलाई सरसफाई र स्वास्थ्य सुरक्षाप्रति ध्यानाकर्षण गराएको छ । गोदरेज कन्जुमर प्रोडक्ट लिमिटेडले यही अवस्थालाई मध्यनजर गर्दै सरसफाइ र पि.डब्लू. ९५ मास्क र अन्य किटनाशक लिक्विड तथा ह्यान्ड स्यानिटाइजरहरु बजारमा ल्याएको छ ।

यसअघि नेपालमा उक्त कम्पनीको हात सरसफाइका उत्पादनहरु मात्र उपलब्ध थिए । सोमबार नयाँ उत्पादनको साथमा गोदरेज व्यक्तिगत र घरायसी सरसफाई लक्षित सामग्रीहरु बजारमा ल्याएको छ । गोदेरज नेपालका कन्ट्री म्यानेजरका अनुसार गोदरेजको नयाँ उत्पादनले उपभोक्ताहरुलाई विद्यमान महामारीले निम्त्याएको चुनौतिपूर्ण जीवनलाई सामना गरेर जिउन मद्दत गर्ने बताए ।

स्वास्थ्य सावधानीका उत्पादनहरु नेपाली बजारमा लिएर आएको गोदरेजले ९९.९ प्रतिशत किटाणु, भाइरस र ब्याक्टेरियाहरुलाई रोक्न सक्ने क्षमता राख्ने दावी गरिएको छ ।

बजारमा गोदरेज प्रोटेक्टअन्तर्गत साबुन, स्किन र ब्याक्टेरियल वाइपस उपलब्ध रहेको उक्त कम्पनिले जनाएको छ । गोदरेजले ५० र १०० ग्राममा उपलब्ध एन्टी ब्याक्टेरियल र एन्टी फन्गल तत्वहरु मिश्रित साबुन, ६० प्रतिशतभन्दा धेरै अल्कोहलको मात्रा भएको बास्नादार सुरक्षीत स्यानिटाइजर जेल र प्रोटेक्ट मल्टिपर्पोज डिसइन्फेक्ट लिक्विड पनि बजारमा ल्याएको छ । यो व्यक्तिगत र घरेलु प्रयोगको लागि एकदमै उपयोगी रहेको एवम् सिट्रस र एक्वा जस्ता दुईप्रकारमा उपलब्ध रहेको जनाएको छ ।

गोदरेजले छवटा लेयर भएको यो मास्क पनि सार्वजनिक गरेको छ । यो मास्कले किटाणुसँगै ५ प्रतिशत ब्याक्टेरिया, विभिन्न हावाका कणहरु लगायत धुलोबाट बच्न मद्दत गर्ने कम्पनीले दावी गरेको छ । यस्ता मास्कहरु सानो, मध्यम र ठूलो गरी तीन प्रकारमा उपलब्ध छ ।

यसअघि गोदरेजले होम केयर, पसर्नल केयर र हेयर केयरका उत्पादनहरु नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । गोदरेजका अन्य उत्पादनहरु गोदरेज नं १, गुडनाइट कोइल, हिट, गोदरेज हेयर कलर, गोदरेज ह्यान्टवास जस्ता उत्पादनहरुले नेपाली उपभोक्ताले प्रयोग गर्दै आएका छन् ।

त्यसैगरी प्रोटेक्ट मिस्टर म्याजिक पहिलो धुलो ह्यान्डवास मात्र ५६ रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । सस्तो र खल्तीमै राखेर यताउता लैजानसकिने गरी प्याकेजिङ गरिएको यसमा भएको निम र घिउकुमारीको शक्तिले किटाणुलाई मार्नुको साथै छालालाई नरम बनाइराख्ने कम्पनीले दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment