Comments Add Comment

‘मुद्दा मिलाइ दिन्छु’ भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ

प्रतिकात्मक तस्वीर ।

२९ भदौ, जनकपुरधाम । लागूऔषध मुद्दाबाट छुटकारा गराइदिने भन्दै रकम ठगी गरेको आरोपमा महोत्तरीबाट प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका अनुसार पक्राउ पर्नेमा एकडारा गाउँपालिका ३ अजमरपट्टी घर भई सदरमुकाम जलेश्वर नगरपालिका-२ बस्ने ३७ वर्षीया ममता मण्डल रहेकी छन् ।

मण्डलले लागूऔषध मुद्दाका प्रतिवादी सम्सी गाउँपालिका ४ बस्ने युवकका परिवारसँग मुद्दा मिलाइ दिन्छु भनेर रु १ लाख ८० हजार ठगी गरेको पाइएको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले बताए ।

प्रहरीका अनुसार लागूऔषधसहित पक्राउ परेका युवकलाई रिहा गराइदिने भन्दै मण्डलले प्रतिवादीकी आमा तेत्तरी देवी मण्डललाई ललाई फकाई गत भदौ ५ गते रकम लिएर फरार भएकी थिइन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले पक्राउ गरी ठगी मुद्दामा जिल्ला अदालतबाट १० दिनको म्याद थप गराई अन्य अनुसन्धान सुरु गरिएको महोत्तरीका प्रहरी प्रबक्ता बिष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment