Comments Add Comment

सप्तरी प्रशासनको कामकाज आजबाट शुरु हुँदै

३० भदौ, सप्तरी । निषेधाज्ञा हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले मंगलबार (आज) बाट कामकाज शुरु गर्ने भएको छ ।

कार्यालयका प्रवक्ता आनन्द ठाकुरका अनुसार नागरिकता र नागरिकताको प्रतिलिपी वितरणबाहेकका सबै कामकाज शुरु हुन लागेको हो ।

मन्त्रिपरिषदको साउन २६ गतेको बैठकबाट भएको निर्णय र जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले गरेको निर्णयको आधारमा कार्यालय सन्चालनमा आउन लागेको ठाकुरले जानकारी दिए ।

नागरिकता र नागरिकताको प्रतिलिपीबाहेक अन्य सेवा/कार्यहरु स्वास्थ्य सतर्कता एवं मापदण्ड पालना गरी सुचारु गरिने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जारी गरेको सूचनामा उल्लेख छ ।
यसअघि सोमबार बसेको बैठकले जिल्लामा जारी गरिएको निषेधाज्ञा हटाउने निर्णय गर्दै भीडभाड हुन नदिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment