Comments Add Comment

फिल्म छायांकनको अनुमती कहिले ?

सरकारले असोज ५ गतेबाट आन्तरिक हवाई र लामा दुरीका यातायात संचालनको अनुमती दिएको छ । नेपालमा चलचित्र भवन, चलचित्र छायांकनसँगै आन्तरिक हवाइ उडान र लामा दुरीका यातायात एकसाथ रोकिएका थिए । अझ, चलचित्रको काम त सरकारले लकडाउन गर्नु अगाडि नै स्थगित गरिएको थियो । ६ महिनादेखि चलचित्रको छायांकन र रिलिज पूर्ण रुपमा रोकिएको छ ।

आन्तरिक हवाई उडान र लामा दुरीका यातायात समेत संचालनका लागि अनुमती दिएको सरकारले चलचित्र छायांकनका लागि भने अनुमती दिएको छैन । यसले, चलचित्र क्षेत्रमै लागेर दैनिक जीवनयापन गरिरहेका चलचित्रकर्मीलाई समस्या उत्पन्न हुन थालेको छ ।

कोभिडका कारण प्रभावित भएका मुलुकमा समेत चलचित्रको छायांकन सुरु भैसकेको छ भने रिलिज भने धमाधम हुन थालेको छ । भारतमा दैनिक ९० हजार भन्दा बढी संक्रमित देखिएपनि छायांकनको काम सुरक्षित तरिकाले भैरहेको छ । नेपालमा अझै पनि सरकारले चलचित्रको छायांकनका लागि अनुमति दिएको छैन । अर्कोतिर, म्यूजिक भिडियोको छायांकन भने दोश्रो चरणको लकडाउन खुकुलो भएसँगै सुरु भएको छ ।

चलचित्रकर्मीहरु हल संचालनका लागि तत्काल अनुमति पाउने कुरामा त आशावादी छैनन् । तर, चलचित्र छायांकनका लागि अनुमति दिनुपर्छ भन्ने पक्षमा छन् । तर, यो बिषयमा चलचित्रकर्मीहरुको दबाब निकै कमजोर भएको देखिन्छ । जसलेगर्दा, सरकारले चलचित्र क्षेत्रलाई खासै वास्ता गरेको देखिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment