+
+
Shares

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३० गते १२:२६

३० भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० हजार ७७६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका कारण एक हजार ५४ जनाको मृत्यु भएको हो ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ४९ लाख ३० हजार २३७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ८३ हजार ८०९ नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा भारतमा थपिएका नयाँ संक्रमितको संख्या एक साताकै कम हो । यसअघि निरन्तर ९० हजारभन्दा धेरै नयाँ संक्रमित देखिँदै आएका थिए ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका ३८ लाख ५९ हजार चार सय संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । नौ लाख ९० हजार ६१ संक्रमित निको हुन बाँकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?