
३० भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ मा नेपालमा मुद्रास्फिति नियन्त्रण मै रहने अनुमान विकास साझेदार निकाय एसियाली विकास बैंकले गरेको छ । सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत मूल्यवृद्धिको अनुमान गरेको छ । एडीबीका अनुसार सन् २०२१ मा मुद्रास्फिति ५.५ प्रतिशत रहने भएको छ । यो मुद्रास्फिति सन् २०२० को तुलनामा कम हुनेछ ।
सन् २०२० मा मुद्रास्फिति ६ प्रतिशत रहने अनुमान एडीबीले गरेको हो । त्यसो त मूल्यवृद्धि यो भन्दा अघिल्ला दुई वर्ष भने कम थियो । तर, भूकम्प गएको साल २०१५ र त्यसको अर्को साल २०१६ मा भने नेपालमा उच्च मुद्रास्फिति भएको थियो ।
सन् २०१५ मा ७.२ र सन् २०१६ मा ९.९ प्रतिशत मुद्रास्फिति कायम भएको एसियाली विकास बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4