Comments Add Comment

नेपालीलाई घर फर्किन रसुवागढी नाकाबाट खुला

३० भदौ, काठमाडौं । सरकारले नोवेल कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि ३० असोजसम्म अन्तराष्ट्रिय सीमा नाका बन्द राख्ने निर्णय गरेको छ ।

सरकारले यसअघि ३१ भदौसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सोमबारको बैठकले अन्तर्राष्ट्रिय सीमा नाकाका सबै बिन्दु र खुला सीमानाको जुनसुकै स्थानबाट असोज महिनाभरी प्रवेश निषेध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

थप तीन नाका खुला

मन्त्रिपरिषद् बैठकले भारत र चीनमा समस्या परेका नेपालीलाई प्रवेश गर्न थप ३ वटा नाका खुल्ला गर्ने निर्णय गरेको छ । चीनमा समस्यामा परेका नेपालीहरूलाई रसुवागढी नाकाबाट प्रवेश खुल्ला गरेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

यस्तै, भारततर्फ समस्यामा परेका नेपालीलाई इलामको पशुपतिनगर र दार्चुलाको खलंगा पुलघाँट नाकाबाट प्रवेश गर्न अनुमति दिने निर्णय भएको ज्ञवालीले बताए ।

सरकारले यअअघि नै भारतमा समस्यामा रहेका नेपालीका लागि १० नाकाबाट प्रवेश अनुमति दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment