Comments Add Comment

मैले कोरोना भाइरसको गाम्भीर्यलाई बेवास्ता गरेको छैन : ट्रम्प

३१ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कहिले पनि कोरोना भाइरस (कोभिड–१९) को गाम्भीर्यलाई बेवास्ता नगरेको बताएका छन् । यसअघि उनले कोरोना भाइरसको गाम्भीर्यलाई बेवास्ता गरेको समाचार सार्वजनिक भएपछि उनको अमेरिकामा आलोचना भएको थियो । पत्रकार बोब वुडवार्डको किताबमा उल्लेख गरिएअनुसार ट्रम्पले उनलाई कोरोना भाइरसको गाम्भीर्यलाई आफूले कमजोर देखाइरहेको बताएका थिए । यद्यपि ट्रम्पले आफूमाथि लागेको आरोप झुटो भएको बताएका छन् । उनले आफूले चालेको कदमको आधारमा भन्ने हो भने आफूले कोरोना भाइरसको गाम्भीर्यलाई अझ बढाइचढाइ गरेको बताएका छन् ।

‘मैले चालेका कदम निकै कडा थिए,’ चीन र युरोपबाट आउने मानिसमाथि सुरुमै लगाएको प्रतिबन्धतर्फ संकेत गर्दै उनले भने । उनले आफूले सही समयमा उक्त प्रतिबन्ध लगाएर हजारौं मानिसलाई मृत्युको मुखबाट बचाएको बताए ।

ट्रम्पले अबको केही सातामा कोरोना भाइरसविरुद्धको खोप मानिसहरुलाई प्रयोगका लागि उपलब्ध हुने दोहोर्‍याएका छन् । यद्यपि विशेषज्ञहरुले यो समयमा कोरोना भाइरसविरुद्धको खोप निर्माण हुन नसक्ने भन्दै आशंका व्यक्त गरेका छन् ।

अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोपले तेस्रो चरणको क्लिनिकल परीक्षण पूरा गर्न सकेको छैन । केही वैज्ञानिकहरुले राजनीतिक दबाबमा खोपको सुरक्षालाई ध्यान नदिएको आरोप लगाएका छन् । आगामी नोभेम्बर ३ भन्दा अगाडि नै अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारीमा ट्रम्प अघि बढिरहेका छन् । तर, यति छोटो समयमा खोप सार्वजनिक प्रयोगको लागि ल्याउन नसकिने वैज्ञानिकहरुको भनाइ छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment