Comments Add Comment

स्वास्थ्य बीमा बोर्ड सदस्यमा २ जना मनोनित

३१ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको रिक्त सदस्य पदमा डा. सुरेश तिवारी र चन्द्र थापालाई ४ वर्षका लागि मनोनित गरेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै डा. तिवारीलाई विज्ञको रुपमा र थापालाई बीमितको तर्फबाट मनोनित गरेका हुन् ।

मनोनित भए लगत्तै दुबै जनालाई बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले पद तथा गोपनियताको शपथ खुवाएका थिए । त्यसअघि बोर्ड अध्यक्ष डा. उप्रेतीले स्वास्थ्य मन्त्री ढकालसँग शपथ लिएका थिए ।

स्वास्थ्य बीमा ऐन २०७४ अनुसार मन्त्रालयले सम्बन्धित क्षेत्रमा पाँच वर्षको अनुभव प्राप्त गरेका व्यक्तिहरुमध्येबाट कम्तीमा दुई जना महिलासहित तीन जना र बीमितमध्येबाट एक जना महिलासहित दुई जना मनोनित गर्ने प्रावधान छ ।

बोर्डमा अर्थ मन्त्रालयका सहसचिव, स्वास्थ्य मन्त्रालयको सहसचिव पदेन सदस्य हुने प्रावधान छ। बोर्डको कार्यकारी निर्देशक सदस्यसचिव हुने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment