Comments Add Comment

कोरोनाको जस्तै लक्षण देखिएका वडासचिवको मृत्यु

३१ भदौ, सुर्खेत । जाजरकोटमा कोरोना भाइरस (कोभिड-१९)सँग मिल्दोजुल्दो लक्षण देखिएका एक वडा सचिवको मृत्यु भएको छ । नलगाड नगरपालिका-१० का २६ वर्षीय वडासचिव कविराम रोकाको मृत्यु भएको हो ।

उनी बस्दै आएको घरमा बुधबार बिहान एक्कासी मृत्युु भएको नलगाड नगरपालिका वडा न. १० का वडाअध्यक्ष भद्रबहादुर ध्यारले जानकारी दिए । ‘आज बिहान एक्कासी वडा सचिवको मृत्यु भएको छ,’ अध्यक्ष ध्यारेले भने, ‘उहाँलाई अत्याधिक ज्वरो र रुघा खोकी लागेको थियो । श्वासप्रश्वासमा समेत समस्या हुन्छ भन्नु हुन्थ्यो ।’

रुकुम पश्चिम मुसिकोट गाउँपालिका-१३, छिवाङ स्थायी घर भएका सचिव रोका केही समयदेखि नलगाड-१० मा कार्यरत थिए ।

मृतक रोकाको स्वाब संकलन गरेर चौरजहारीस्थित कोरोना परीक्षण प्रयोगशालामा पठाउने तयारी भएको छ । शवलाई प्रहरीको निगरानीमा राखिएको अध्यक्ष ध्यारे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment