Comments Add Comment

दैलेखमा करेन्ट लागेर एकजनाको मृत्यु

३१ भदौ, सुर्खेत । दैलेखमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । भैरवी गाउँपालिका-२ बडचिन्मायाका २४ वर्षीय पुष्कर थापाको मृत्यु भएको हो ।

बिजुलीका पोल विस्तार गर्ने क्रममा करेन्ट लाग्दा बुधबार दिउँसो १२ बजे उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक नैनबहादुर साउँदले जानकारी दिए ।

‘विद्युतको नयाँ पोल हाल्ने क्रममा उक्त पोल ढली पुरानो विद्युत संचालित लाइन छुँदा करेन्ट लागि घटना स्थलमै मृत्यु भएको हो,’ उनले भने ।

प्रहरी निरीक्षक साउँदका अनुसार पोल सार्ने क्रममा सोही ठाउँका २६ वर्षीय भुपेन्द्र थापा पनि घाइते भएका छन् । उनको दुल्लु अस्पतालमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment