+
+
Shares

नारायणी नदीमा डुङ्गा पल्टिँदा एकजना बेपत्ता   

रासस रासस
२०७७ भदौ ३१ गते १५:०६
प्रतिकात्मक तस्वीर ।

३१ भदौ, परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)स्थित नारायणी नदीमा डुङ्गा पल्टिँदा एक व्यक्ति बेपत्ता भएका छन् । अन्य छ जना भने पौडी खेलेर बाँच्न सफल भएका छन् ।

सुस्ता गाउँपालिका–५ स्थित अनोमाघाटदेखि इँटा लोड गरी सुस्ता गाउँतर्फ जाँदै गरेको सात जना सवार डुङ्गा बुधबार बिहान सुस्ता पुग्नै लाग्दा अचानक पल्टिएको हो । बेपत्ताको प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् । बेपत्ता हुनेमा भारतको महाराजगञ्जका २८ वर्षीय पतरु मुसहर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?