+
+

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन ३ करोड दिने प्रदेश सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १ गते ८:२९

१ असोज, हेटौंडा । बागमती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ दिने निर्णय गरेको छ ।

प्रदेश सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष २०७७/०७८ का लागि अनुदान रकम दिन लागको हो । कोभिड १९ को संक्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरिरहेको भन्दै काम सुचारु गर्न सहज होस् भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए ।

यसैगरी बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश सुशासन केन्द्र स्थापना र संचालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली, प्रदेश पूर्वाधार विकास साझेदारी नियमावलीको दोस्रो संसोधन स्वीकृत गर्ने निर्णय गरेको मन्त्री ढुंगेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?