Comments Add Comment

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

फाइल तस्वीर

१ असोज, चितवन । पहिरो खसेर सडक अवरुद्ध गरेपछि बन्द भएको नारायणगढ मुग्लिन सडक बिहीबार सवा ११ बजेपछि खुलेको छ ।

इच्छाकामना गाउँपालिका ६ स्थिति चारकिलो भन्ने स्थानमा बिहीबार विहान ४ः३० बजे पहिरो खसेर सडक अबरुद्ध भएको थियो ।

पहिरो पन्छाएपछि विहान सवा ११ बजेपछि सडक दुईतर्फी नै खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सो स्थानमा दिनहुँजसो पहिरो खसेर घण्टौं सडक अवरुद्ध हुँदै आएको छ । यसअघि बुधबार पनि चारकिलो र पाँचकिलोमा पहिरो खसेर सडक अबरुद्ध भएको थियो ।

लामो तथा मध्यम दुरीका सार्वजनिक यातायात खुलेकै दिन सडक अवरुद्ध हुँदा धेरै सवारी साधन जाममा परेका थिए, ती अहिले गन्तव्यतर्फ गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment