Comments Add Comment

वर्षाको गुनासो–‘आधा दर्जन फिल्मको अफर, तर चित्तवुझ्दो छैन स्क्रिप्ट’

नायिका वर्षा सिवाकोटीले लकडाउन अगाडि चलचित्र ‘परदेशी २’को छायांकन गरिरहेकी थिइन् । लकडाउन भएपछि उनको काम रोकियो । यसपछि भने उनले केही सामाजिक काम गरिन् भने जनचेतना जगाउने प्रयास पनि गरिन् ।
उनै, वर्षाले हालैमात्र एक वेव सिरिजको छायांकन पनि सकेकी छिन् । लकडाउन खुलेपछि आफ्नो रोकिएको काम नै अगाडि बढाउने उनको योजना छ ।

लकडाउनपछि चलचित्र क्षेत्र कसरी अगाडि बढ्ला, चलचित्र कसरी निर्माण होलान् भन्ने बहस पनि भैरहेको छ । तर, नायिका वर्षा सिवाकोटी चलचित्र बनाउन निर्माता उत्साहित देखिएको बताउँछिन् ।

अनलाइनखबरसँग कुरा गर्दै वर्षाले भनिन्–‘लकडाउनको समयमा मलाई आधा दर्जन हारहारीमा चलचित्र अफर आयो । चलचित्रको कथामा कोरोना भाइरसकै कथा बढी समेटिएको छ । तर, चित्तवुझ्दो कुनै पनि लागेन ।’

वर्षाले आफूलाई नयाँ मेकरले चलचित्रका लागि बढी अफर गरेको सुनाउँछिन् । उनले, अफर आएका कुनै पनि चलचित्र साइन गरेकी छैनन् । भनिन्–‘चलचित्रको अफर त आयो, तर आफूलाई नै चित्तवुझ्दो कुनै लागेन । यसैले, पहिले रोकिएको काम नै सक्छु ।’

वर्षाले चलचित्र ‘परदेशी २’को छायांकन सकेपछि ‘सुदुर, गोर्खा वारियर’ लगायतका चलचित्रमा काम गर्दैछिन् । उनीसँग चलचित्र ‘नाई नभन्नु ल ६’का निर्देशक विकासराज आचार्यले एक चरण कुरा पनि गरेका छन् ।

लकडाउन पूर्ण रुपमा खुलेर चलचित्र क्षेत्र चलायमान भएपछि दर्शकले पत्याएका र नाम चलेका कलाकारलाई चलचित्रको अभाव नहुने देखिएको छ । तर, केही मेकरले कथामा नयाँपन खोजेपनि धेरैले भने पुरानै शैलीलाई निरन्तरता दिने संकेत समेत देखिएको छ ।

तिहारसम्म कोरोना संक्रमण कम भएको खण्डमा चलचित्रको छायांकनको काम सुरु हुने अपेक्षा वर्षाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment