Comments Add Comment

रमणीय छ तीनधारे झरना (फोटो फिचर)

१ असोज, काठमाडौं । काभ्रेको तीनधारे झरना अहिले चर्चित छ । सामाजिक सञ्जालमा झरनाका तस्वीर र भिडियोहरु आएपछि झरनासम्म पुग्नेहरु बढ्न थालेका छन् ।

काभ्रेको रोशी गाउँपालिका-३ काफलडाँडामा रहेको यो झरनाबारे स्थानीयलाई जानकार भए पनि यसअघि धेरैलाई थाहा थिएन । अहिले भने यो झरना काभ्रे आसपासका व्यक्तिहरुका लागि नयाँ गन्तव्यस्थल बनेको छ ।

सामाजिक सञ्जालमा पोष्ट भएका रमणीय दृश्यका कारण झरनासम्म रमाइलोका लागि पुग्नेहरुको संख्या ह्वात्तै बढेको स्थानीयवासी बताउँछन् । अहिले झरना हेर्न १४/१५ सय मानिसहरु आउने गरेका छन् ।

काठमाडौंबाट बिहानै यात्रा तय गर्ने हो भने झरनामा पुगेर साँझ फर्किन सकिन्छ । काठमाडौंदेखि ६० र धुलिखेलदेखि झरनासम्मको दुरी ३० किलोमिटर छ । तर, झरनासम्मै पुग्ने मोटर बाटो भने छैन । केही दुरी पैदल हिँडेपछि मात्रै झरनासम्म पुग्न सकिन्छ । झरना हेर्ने बढेपछि गोरेटो बाटो केही सुधार गरिएको छ । त्यसबाहेक अरु कुनै संरचना बनाइएको छैन ।

तस्वीर : विकास श्रेष्ठ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment