Comments Add Comment

२१ भित्री सडक निर्माण गर्दैै ललितपुर महानगर

१ असोज, ललितपुर । ललितपुर महानगरपालिकाले भित्री सडक निर्माणको काम शुरु गरेको छ । महानगरपालिकाले दुई करोड ६८ लाख खर्चिएर २१ वटा भित्रि सडक निर्माण गर्न लागेको हो ।

महानगरपाकिलाका मेयर चिरीवावु महर्जनले बुधबार एक सडकको शिलान्यास गरे । महानगरपालिकाको वडा नं १५ स्थित सातदोवाटो स्वीमिङपुलदेखि ओलम्पिक कमिटी कार्यालयसम्मको सडक खण्डको शिलान्यास गरिएको हो । यो सडक खण्डको लम्बाई तीन सय चालिस मिटर रहेको छ ।

फेज ३ अन्तर्गतको २१ वटा नै सडकको लम्बाई भने आठ दशमलव ६२ किलोमिटर रहेको महानगरपालिकाले जनाएको छ । सडक शिलान्यास गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाभित्र निर्माण हुने सडकको विशेषता भिन्न हुने बताए ।

उनले भने, ‘ललितपुर महानगरभित्र बनेका जतिपनि सडक छन् , तिनको मोटाई बढी छ, मोटाई बढी भएकाले ती सडक बनाएको वर्र्षभित्र सडक भत्कने छैनन्, केही वर्ष खप्छन् ।’ उनले निर्माण भएका सडकको गुणस्तरीयता प्राविधिकसहितको जनप्रतिनिधि टोलीले गर्ने उनले जानकारी दिए ।

सडक बनाएको एक वर्ष पनि नपुग्दै भत्किदाँ महानगरबासी समस्या पर्ने भएकाले महानगरले विशेषता सहितको सडक निर्माण गरेको महर्जनले बताए ।

ललितपुर महानगरपालिका पूर्वाधार महाशाखा प्रमुख रुद्र गौतमले १२वटा सडक निर्माण ९ महिनाभित्र सक्नुपर्ने गरी सम्झौता भएको जानकारी दिए । उनका अनुसार अन्य सडकको निर्माण कार्य पनि क्रमश सुरु गर्ने उनले जानकारी दिए । उनका अनुसार १२ वटा सडक निर्माण एउटै ठेकेदारले गर्नेछ ।

वडा नं १५का वडाअध्यक्ष सुदर्शन मिश्रले बन्दै गरेको सडकलाई महानगर र वडाले अनुगमन गर्ने बताए । उनले सडक समयमै निर्माण सम्पन्न गर्न स्थानीयको भूमिका महत्वपूर्ण हुने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment