Comments Add Comment

मेटलाइफले ल्यायो नयाँ ग्राहक सेवा एप

१ असोज, काठमाडौं । मेटलाइफ इन्स्योरेन्सले ग्राहकहरुलाई बीमा सम्बन्धी सेवा र सुविधालाई थप सजिलोसंग पहुँच बढाउन र बीमा पोलिसी व्यवस्थापन गर्न नयाँ ग्राहक सेवा एप ल्याएकोे छ ।

मेटलाइफको नयाँ ग्राहक सेवा एपले ग्राहकहरुलाई घरमै बसी मोबाइल मार्फत मेटलाइफको विभिन्न सेवाहरुमा पँहुच बढाउने जनाएको छ । डिजिटल थिम अन्तर्गत सोमबार मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मल काजी श्रेष्ठले एपको अनावरण गरेका हुन् ।

मेटलाइफ नेपालको ग्राहक सेवा एप दुबै आइएसओ एप स्टोर र एन्ड्रोइड गुगल प्ले स्टोरबाट निःशुल्क डाउनलोडको लागि उपलब्ध हुनेछ । एक पटक ग्राहकले सुरक्षित रूपमा एपलाई लगइन गरेपछि उनीहरूले आफ्नो बीमा पोलिसीको स्थिति, कुल प्रीमियम भुक्तान गरिएको र भुक्तानी गरिएको प्रीमियम किस्ता साथै उनीहरूको पोलिसीहरूको विस्तृत प्रिमियम भुक्तान विवरण जस्ता जानकारी हेर्न सक्नेछन् ।

ग्राहकहरूले एपमा साइनअप गरी प्रिमियम तिर्न बाँकी रहेका मितिहरू र पूर्ण परिपक्वता सूचनाहरू समेत प्राप्त गर्न सक्नेछन। मेटलाइफ नेपालको एपमा सम्पर्क बिवरण र ग्राहक सहायताको लागि सोधपुछ फिचर्स पनि समावेश गरिएको छ ।

नयाँ बीमा पोलिसी लिन इच्छुक ग्राहकहरूले पनि यो एपलाई प्रयोग गरी मेटलाइफका विभिन्न बीमा उत्पादनहरूका विवरणहरू हेर्न सक्नेछन साथै यदि कुनै सेवामा इच्छा भएमा आफ्नो जानकारी पेश गर्न सक्नेछन । उपलब्ध विवरणको आधारमा मेटलाइफका प्रतिनिधिहरुले ग्राहकहरूलाई सम्पर्क गर्नेछन् ।

उक्त एपमा प्रीमियम क्यालकुलेटर पनि समावेश गरिएको छ जस अन्तर्गत प्रयोगकर्ताहरूले उनीहरूको बीमा पोलिसी तथा योजनाहरुको सोधपुछ गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment