+
+
Shares

आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २ गते ८:४४

२ असोज, काठमाडौं । आज बस्ने भनिएको नेकपा सचिवालय बैठक चार गतेसम्मका लागि स्थगित गरिएको छ ।

आज बिहान ११ बजे तत्कालीन नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बस्ने तय भएको थियो । तर, आजै बिहान सचिवालय सदस्यहरुलाई असोज ४ गते आइतबारसम्मका लागि बैठक स्थगित भएको सूचना पठाइएको छ ।

बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी बस्ने व्यवस्था मिलाइसकिएको थियो ।

यसअघि नेकपाका बैठकहरु धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?