Comments Add Comment

वीरगञ्जमा कोभिड १९ माहामारीमा अग्रपंक्तिमा खटिएका ८ जना सम्मानित

२ असोज, वीरगञ्ज । वीरगञ्जमा कोरोना भाइरस (कोभिड–१९) को महामारीमा अग्रपंक्तिमा खटिएका विभिन्न क्षेत्रका ८ जना व्यक्तिहरु शुक्रबार सम्मानित भएका छन् ।

आफूलाई जोखिममा पारेर खटिएका एम्बुलेन्स चालक, जेसीबी चालक र सुरक्षाकर्मीलाई सम्मान गरिएको हो । आफ्नो ज्यान नै जोखिममा पारेर खटिएका उनीहरुलाई नगद ३ हजार १ सय रुपैयाँ सहित सम्मान पत्र प्रदान गरिएको हो ।

सम्मानित हुनेमा एम्बुलेन्स चालकहरु रमेश पण्डित, समसुल होदा मियाँ, ममताज मियाँ जोलहा रहेका छन् । तीनै जना एम्बुलेन्स चालक संक्रमितलाई अस्पताल पुर्‍याउने तथा संक्रमितको मृत्यु भएपछि दाहसंस्कारका लागि घाटसम्म लैजाने कार्यमा सहयोग गर्दै आएका छन् । कोभिड–१९ महामारीमा अरु एम्बुलेन्स चालकहरु खट्न नमानेको अवस्थामा उनीहरुले अगाडि सरेर सेवा दिएका थिए ।

यसैगरी सम्मानित हुनेमा वीरगञ्ज महानगरपालिकाका सरसफाई सहायक सर्फुद्दिन मियाँ, जेसीबी चालकहरु अमिन मियाँ, राकेशकुमार क्षेत्री, प्रहरी कर्मचारीहरु विजयप्रसाद यादव र लालुमाया महतो रहेका छन् ।

सरसफाई सहायकले महामारीको समयमा समेत सरसफाइका लागि नेतृत्व लिएर काम गरेकोले सम्मान गरिएको भने जेसीबी अपरेटरहरुले पनि शव व्यवस्थापनमा सहयोग गर्दै आएका छन् ।
ग्रिन सिटि सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत दुवै जना प्रहरी कर्मचारीले विरामीहरु औषधि व्यवस्थापनमा सहयोग पुर्‍याएका थिए ।

ग्रिन सिटी सामुदायिक सेवा केन्द्रले जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजना गरेको कार्यक्रममा प्रहरी उपरीक्षक गंगा पन्त र केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment