Comments Add Comment

डोटीका स्थानीय तहका स्वास्थ्य संयोजकहरु सम्मानित

२ असोज, डोटी । विश्वव्यापी रुपमा फैलिएको काोरोना भाइरस (कोभिड १९) महामारी नियन्त्रण तथा रोगथाममा महत्वपूर्ण योगदान दिएको भन्दै स्वास्थ्य कार्यालय, डोटीले जिल्लाका नौवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुलाई सम्मान गरेको छ ।

कार्यालयको शुक्रबार सम्पन्न आर्थिक वर्ष २०७६/०७७ बार्षिक समिक्षा गोष्ठीमा उनीहरुलाई टोपी, दोसल्ला र पुष्पगुच्छाले सम्मान गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । “जिल्लामा स्वीकृत दरवन्दीको करिब ३५ प्रतिशत स्वास्थ्यकर्मीको पद रिक्त छ,“ मलासीले भने, ‘जनशक्ति कम हुदा पनि उहाँहरुले रातदिन खटेर काम गर्नु भएको छ, उहाँहरुको खटाइ सम्मानयोग्य छ ।’

क्वारेन्टिन व्यवस्थापन, स्वाब संकलन, संक्रमितको हेरचाह, सूचना सम्प्रेषणमा स्थानीय तहका स्वास्थ्य संयोजकहरुको महत्वपूर्ण भूमिका रहेको मलासीले बताए । उनले भने, ‘स्वास्थ्यकर्मीको दरबन्दी रिक्त हुदाँ निकै समस्या भएको छ ।’

डोटी जिल्लामा शुक्रबारसम्म एक हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । तिमध्ये ९ सय ३३ जना निको भएर घर फर्किसकेको मलासीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment