Comments Add Comment

नागरिकमाथि दमन र ज्यादती बन्द गर : विवेकशील नेपाली दल

२ असोज, काठमाडौं । विवेकशील नेपाली दलले केही दिनयता काठमाडौंमा नागरिकमाथि प्रहरीबाट ज्यादती बढेको भन्दै विरोध जनाएको छ ।

विचारको अभिव्यक्ति दिएकै भरमा हिरासतमा लिने, बाटोमा हिँड्दै गरेका नागरिकलाई निर्घात कुटपिट गर्ने, संविधानबारे मिडियामा आफ्नो धारणा राख्दै गरेका नागरिकलाई लखेट्ने जस्ता दमन र मानवीय संवेदनाहीन व्यवहार गरिएको भन्दै विवेकशील नेपाली दलले विरोध जनाएको हो ।

‘विवेकशील नेपाली दल शान्तिपूर्ण विरोध प्रदर्शन माथि बर्बर दमन गर्न आदेश फर्मान गर्ने सुरक्षा अधिकारीहरुलाई आफ्नो वैधानिक परिधिभित्र रहेर काम कारबाही गर्न सचेत गर्दछ’ उपाध्यक्ष अजीता राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उक्त पार्टीले आफू मातहतका अधिकारीले नेपाल प्रहरी सङ्गठनकै गरिमा गिर्ने तथा प्रशासनिक प्रणाली प्रति नै वितृष्णा जाग्ने गरी गरेका कामको छानबिन गर्न गृहमन्त्री, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी र काठमाडौंका प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीलाई आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस संविधान दिवसबारे बोल्दा प्रहरीले लखेटी लखेटी कुट्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment