Comments Add Comment

लोनमा टोटनहम फर्किए बेल

४ असोज, काठमाडौं । प्रिमियर लिग क्लब टोटनहमले रियल मड्रिडका फरवार्ड गारेथ बेललाई फेरि अनुबन्ध गरेको छ । वेल्सका फरवार्ड बेललाई टोटेनहमले एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।

टोटनहमले शनिबारै बेललाई आफ्नो क्लबको खेलाडीको रुपमा सार्वजनिक गरेको छ । उनले टोटनहममा ९ नम्बरको जर्सी लगाउने क्लबले जनाएको छ ।

३१ वर्षीय बेल सन् २०१३ मा विश्व कीर्तिमानी मूल्यमा टोटनहमबाटै रियल पुगेका थिए । रियलमा रहँदा उनले चार च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् भने सयभन्दा बढी गोल गरेका छन् ।

तर, चोट र प्रशिक्षक जिनेदिन जिदानसँग चिसिएको सम्बन्धको कारण बेलले रियलमा पछिल्लो समय कम मौका पाउँदै आएका थिए ।

बेलले टोटनहम फर्किन पाउँदा खुशी व्यक्त गरेका छन् । ‘यहाँ फर्कन पाउनु राम्रो हो । मेरो लागि यो विशेष क्लब हो । यो त्यो ठाउँ हो जहाँ मैले आप्नो नाम बनाएँ,’ बेलले भने ।

यस्तै टोटनहमले रियलका डिफेन्डर सर्जियो रेगुइलोनलाई पनि अनुबन्ध गरेको छ । सर्जियोले टोटेनहमसँग पाँच वर्षको सम्झौता गरेका छन् । रेगुइलोनले गत सिजन सेभियाबाट लोनमा खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment