Comments Add Comment

साराको प्रेमको कुरा

नायिका सारा सिर्पालीले अपेक्षित सफलता पाउन सकेकी छैनन् । साराको चर्चा त हुन्छ, तर चलचित्र सफल नहुँदा उनलाई मेकरले पत्याउन सकिरहेका छैनन् । ३ वटा चलचित्र निरन्तर रुपमा असफल भएपछि सारा हिट चलचित्रको खोजीमा छिन् । उनले अभिनय गरेको चलचित्र ‘गुञ्जन’ रिलिजको प्रतिक्षामा छ ।

सारा रिजर्भ बस्न रुचाउने नायिका हुन् । चलचित्र बजारमा उनको चर्चा अरु केही नायिकाको जस्तो हुँदैन । चलचित्र ‘सुश्री सम्पत्ती’ रिलिजको समयमा उनको प्रेमको चर्चा चलेपनि पछि सेलायो । साराले पनि यस बिषयमा खासै बोलिनन् । उनै साराले सामाजिक संजालमा लेखेकी छिन्–‘के कसैलाई थाहा छ, म कती प्रेम गर्छु ?’

साराले कुनै व्यक्तिप्रति इङ्गित गर्दै आफूले धेरै प्रेम गर्ने कुरा गरेकी छिन् । यसले, सारा कसैको प्रेममा छिन् कि भन्ने अड्कल लगाउने ठाउँ त दिएको छ । तर, यो बिषयमा साराले केही पनि बताएकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment