४ असोज, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पुरस्कार तथा सम्मानका लागि आवेदन खुला गरेको छ ।
खेलकुदको क्षेत्रमा उल्लेख्यनीय योगदान पुर्याएका खेलाडी, प्रशिक्षक, निर्णायक, व्यवस्थापक, खेल चिकित्सक, राष्ट्रिय खेल संघ र खेल प्रायोजक संस्थालाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले मन्त्रालयले शनिबार खेलकुद पुरस्कार र सम्मानका लागि आवेदन आह्वान गरेको हो ।
मन्त्रालयले हरेक वर्ष खेलकुदका राष्ट्रिय प्रतिभाहरुलाई पुरस्कार र सम्मान वितरण गर्दै आएको छ ।
यसअघि सम्मानित र पुरस्कृत भइसकेकाहरुलाई यस पटक सहभागि नगराउने समेत जनाइएको छ । मन्त्रालयले खेलकुद पुरस्कार तथा सम्मानका लागि शनिबार सूचना जारी गर्दे २१ दिनभित्र राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि २०६८ संसोधनसहितको अनुसूची २ र ३ बमोजिमको ढाँचामा उल्लेखित कागजातसहित आवेदन पेश गर्न आग्रह गरेको छ ।
आवेदन दिनेले मन्त्रालयमा पेश गर्न सक्नेछन् वा मन्त्रालयको इमेल info@moys.fov.np मा पनि पठाउन सक्नेछन् ।
प्रतिक्रिया 4