+
+
Shares

गायक लोचन रिजाललाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ४ गते १८:२१

४ असोज, काठमाडौं । गायक लोचन रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालमा गरिएको स्वाब परीक्षणमा शनिबार कोरोना पोजिटिभ देखिएको रिजालले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन् ।

उनले केही समयदेखि आफूलाई आफ्नो शरीरको तापक्रम बढेको र शरीरमा काप्ने, शरीर दुख्ने जस्ता समस्या देखिएको उल्लेख गरेका छन् । उनले आफूलाई लक्षण देखिनेबित्तिकै क्वारेन्टिनमा बसेको र अहिले आइसोलेसनमा रहेको पनि जनाएका छन् ।

रिजालले अहिले आफ्नो स्वास्थ्य अवस्था स्थिर रहेको भन्दै छिटै कोरोना मुक्त भएर फर्किने विश्वास व्यक्त गरेका छन् ।

उनले आफ्नो सम्पर्कमा आएका परिवारका सदस्यहरू, साथीहरू, सहकर्मीहरू र आगन्तुकहरूलाई अझ बढी सतर्क हुन र यदि त्यस्तो कुनै लक्षण देखा परेमा तुरुन्त परीक्षण गराउन समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?