Comments Add Comment

सिटीका मिडफिल्डर गुन्डागोनलाई कोरोना संक्रमण

५ असोज, काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर इकाए गुन्डोगनलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

सिटीले मिडफिल्डर गुन्डागोनलाई कोरोना पोजेटिभए देखिएको सोमबार जनाएको छ । २९ वर्षीय गुन्डागोन १० दिनको सेल्फ आइसोलेसनमा रहेको सिटीले जनाएको छ ।

कोरोना संक्रमण देखिएपछि गुन्डागोनले सोमबार वल्भ्सविरुद्ध हुने सिटीको लिग खेल गुमाउनेछन् । सिटी क्लबमा रहेका सबैले उनको चाँडो स्वास्थ्य लाभको कामना गरेका छन् ।

यसअघि सिटीका रियाद महारेज र एमरिक लापोर्टेलाई कोरोना देखिएको थियो । तर उनीहरु अहिले ट्रेनिङमा फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment