Comments Add Comment

आङरिता शेर्पाको मंगलबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने

६ असोज, काठमाडौं । सरकारले विश्वप्रसिद्ध पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आरोही शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

नेेपालको पर्वतीय पर्यटनमा हिमचितुवाका नामले परिचित साहसिक आरोही शेर्पाको सोमबार निधन भएको थियो ।

काठमाडौंको जोरपाटीमा ७२ वर्षको उमेरमा निधन भएका शेर्पाको नाममा १० पटक बिना अक्सिजन सगरमाथाको चुचुरो पुगेको कीर्तिमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment