+
+
Shares

जहाजमा दशैंलक्षित अग्रिम टिकट बुकिङ धमाधम

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ६ गते १५:५५

६ असोज, काठमाडौं । यो पटक १ कार्तिकबाट नवरात्री शुरु हुन्छ । दशैंलाई लक्षित गरी हवाई टिकट अग्रिम बुकिङ भने धमाधम भइरहेको छ । वायुसेवा कम्पनीका अनुसार सरकारले अक्टोबरपछिको दैनिक उडानको तालिका सार्वजनिक गरिसकेको छैन ।

यद्यपी आन्तरिक हवाई उडान सुरु भएसँगै टिकट बुकिङ भइरहेको कम्पनीहरुले जनाएका छन् । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दशैंको समयमा उड्ने गरी यात्रुले अहिले पनि टिकट बुक गर्न सक्छन् ।

तर, महामारीको अवस्था रहेका कारण बुक भएका सबै टिकटअनुसार उडान हुने-नहुने भने निश्चित हुँदैन ।

दशैंका लागि टिकट बुकिङ अहिले पनि गर्न सकिन्छ,’ उनले भने, ‘तर, बुकिङ गरेको टिकट अनुसार सबै उडान हुन सम्भव हुने नहुने अहिले नै भन्न सक्ने अवस्था रहन्न ।’

बुद्ध एयरका एक उच्च अधिकारीका अनुसार अहिले अग्रिम बुकिङको ट्रेन्ड हेर्दा दशैंको समयमा यात्रुको चाप बढी देखिएको छ । आएका बुकिङहरु एयरलाइन्सले ‘एसेप्ट’ पनि गरिरहेका छन् ।

अक्टोबरपछि बढ्ला उडान ?

एयरलाइन्स कम्पनीहरुका अनुसार अक्टोबरपछि सरकारले उडान अनुमतिको संख्या बढाउने अपेक्षा गरिएको छ । अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट साविकको तुलनामा दैनिक २५ प्रतिशत मात्र हुने गरी उडान अनुमति जारी भइरहेको छ । सोहीअनुसार आइतबारबाट जहाज उड्न थालेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार अक्टोवर (१५ असोज) पछि बजारको माग अनुसार उडान संख्या थप गर्ने तयारी छ ।

तर, महामारीको अवस्थालाई मध्यनजर गर्दै सरकारले लिने निर्णय अनुसार उडानहरु समेत प्रभावित भने हुन सक्छन् ।

पहिलो दिन ८५ प्रतिशत अक्कुपेन्सी

७ महिनापछि खुलेको पहिलो दिन सोमबार कुल ८५ प्रतिशत अकुपेन्सीमा जहाज उडेका छन् । यो संख्यालाई समेत कम्पनीहरुले भने उत्साहजनक मानेका छन् ।

‘लामो समय घरमै थुनिएर बसेका यात्रुले पहिलो दिनमै यो उत्साह देखाउनु सकारात्मक पक्ष हो,’ बर्तौलाले भने । मंगलवार भने सोमबारको तुलनामा केही कम यात्रु छन् । सोहीकारण अबको केही दिन कम्पनीहरुले रित्तो सिटमा जहाज उडाउनु भन्दा उडान मर्ज गरेर उडाउने रणनीति समेत लिएका छन् ।

तर, दशैं नजिकिँदै जाँदा यात्रुको चाप बढ्ने अपेक्षा छ । तर, यो पटक विगतमा जस्तो टिकट नै नपाउने गरी चाप नहुने कम्पनीहरुको अनुमान छ ।

काठमाडौंबाट सबैभन्दा बढी संख्यामा विद्यार्थी दशैंको मुखमा घर जान्छन् । यो पटक उनीहरु चैतदेखि नै घरमा छन् । त्यसकारण यात्रु घट्ने निश्चित छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?