Comments Add Comment

टेम्पो चालक र शिक्षकलाई सरल कर्जा दिदैं प्रभु बैंक

६ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले अप्ठेरोमा परेका टेम्पो चालक महिलाहरुलाई प्रभु बैंकले सहुलियत ब्याजदरमा सरल कर्जा दिएको छ । आइडिया स्टुडियोसँगको सहकार्यमा प्रभु बैंकले ‘सहयात्रा समृद्धिको’ नामको कर्जा योजना नै सार्वजनिक गरेको छ ।

यो कर्जा योजना अन्तर्गत कोभिडले अप्ठेरोमा परेका टेम्पो चालक तथा समस्यामा परेका शिक्षकहरुलाई समेत कर्जा उपलब्ध गराइने बैंकका डेपुटी सीईओ मणिराम पोख्रेलले जानकारी दिए । मंगलबार एक कार्यक्रमको अवसर पारेर बैंकले यस योजाको शुभारम्भ समेत गरेको छ ।

शुभारम्भको पहिलो दिन बैंकले १० जना टेम्पो चालकहरुलाई १ लाख रुपैयाँका दरले ऋण प्रवाह गरेको छ । यो योजनाको प्रथम चरणमाकाठमाडौं उपत्यकाभित्रका सफा टेम्पो चालकहरुलाई १ लाख रुपैयाँका दरले र अनलाइन कक्षा लिनु पर्ने विद्यालय शिक्षकहरुलाई प्रति व्यक्ति ४ लाख रुपैयाँसम्म उपलब्ध गराउने बैंकले बताएको छ ।

यो कर्जाका लागि कुनै धितो राख्नु पर्ने छैन । नागरिकता प्रतिलिपि र कर्जा लिएको कागजमा हस्ताक्षरमात्रै गरेर सरल तरिकाले कर्जा लिन सकिने डेपुटी सीईओ पोखरेलले जानकारी दिए ।

उनका अनुसार यो सुहिलयत कर्जाको ब्याजदरपनि ५ प्रतिशतमात्रै हुनेछ । यो योजनालाई विस्तारै mत्रमिक रुपमले अन्य पेशा उद्यम गर्नेहरुका लागि काठमाडौं उपत्यका बाहिर पनि लागू गर्दै लैजाने बैंकको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment