Comments Add Comment

राजनीतिज्ञ आचार्यको निधन

७ असोज, काठमाडौं । राजनीतिज्ञ, साहित्यकार तथा तत्कालीन राजपरिषद स्थायी समिति सदस्य यज्ञप्रसाद आचार्यको निधन भएको छ ।

काठमाडौंको नर्भिक अस्पतालमा मंगलबार अपरान्ह ५ः४५ बजे निधन भएको उनको छोरा सुरेशप्रसाद आचार्यले जानकारी दिए ।

मुटु र मिर्गौला सम्बन्धी समस्याबाट पीडित आचार्यको काठमाडौंको नर्भिक अस्पतालको सघन कक्षमा उपचार भइरहेको थियो । केही दिन अगाडि मात्र नर्भिक अस्पतालमा पेसमेकर राखिएको थियो । मंगलबार अचानक हृदयाघात भएपछि चिकित्सकहरुले उहाँको उपचार अब सम्भव नभएको घोषणा गरेका थिए ।

तत्कालीन राजा वीरेन्द्रको शासनकालमा गाउँ फर्क राष्ट्रिय अभियान, नेपाल युवक संगठनका केन्द्रीय सभापति र राजपरिषद स्थायी समितिका सदस्य समेत रहेका आचार्यले कम्युनिष्ट पार्टीको सदस्यताबाट राजनीति सुरु गरेका थिए ।

धनकुटामा जन्मिए पनि उनले धरानबाट राजनीति सुरु गरेका थिए । उनी धरान नगरपालिकामा तीन पटक नेतृत्वमा पुगेका थिए ।

आचार्यका ‘मुक्तात्मा र ‘फ्युजनको जगमा शिल्यान्यास’ नामक कथा संग्रह र ‘जे देखेँ जे भोगेँ’ आत्मकथा भर्खरै प्रकाशित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment