+
+
Shares

ढल्केवरको एक होटलमा पोखराकी युवती मृत फेला

जुन तारा स्टापलाइन होटलमा पोखरा महानगरपालिका १३ मियापाटनकी २३ वर्षीया जेनिसा विक मृत भेटिएकी हुन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १४:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषाको मिथिला नगरपालिकास्थित जुन तारा स्टापलाइन होटलमा २३ वर्षीया जेनिसा विक मृत फेला परेकी छन्।
  • इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार उनी आज बिहान ११ बजे होटलमा मृत अवस्थामा भेटिएकी हुन्।
  • शव पोस्टमार्टमका लागि बर्दिबास अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

१७ चैत, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरको एक होटलमा युवती मृत फेला परेकी छन् । जुन तारा स्टापलाइन होटलमा पोखरा महानगरपालिका १३ मियापाटनकी २३ वर्षीया जेनिसा विक मृत भेटिएकी हुन् ।

इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार आज बिहान ११ बजेतिर उनी ढल्केवरको जुन तारा स्टापलाइन होटेलमा मृत फेला परेको खबर आएको थियो । उनी त्यही होटेलमा काम गर्थिन् ।

आज बिहान साढे ८ बजेतिर आमा सीता विकसँगै उनी होटेलमा पुगेकी थिइन् । होटेलको काउन्टरनजिकै लडेको अवस्थामा उनी मृत फेला परेको प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए । मृत्युको कारण अहिलेसम्म खुलेको छैन ।

शव पोस्टमार्टमको लागि बर्दिबास अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?