+
+
Shares

कुटपिट गरेको भन्दै पूनमले दिइन् श्रीमान् विरुद्ध उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ७ गते १२:५७

सेम्टेम्बर १० मा बलिउड नायिका तथा हट मोडल पूनम पाण्डेले साम बम्बेसँग बिहे गरेकी थिइन् । बिहेपछि हनिमुन मनाउन उनीहरु गोवा पुगेका थिए । तर, आफ्ना श्रीमान्ल् आफूलाई दुव्र्यवहार गर्दै धम्की दिएको भन्दै पूनमले मंगलबार गोवा प्रहरीमा उजुरी दिएकी छिन् । पूनमको उजुरीपछि प्रहरीले सामलाई पक्राउ गरेको छ ।

भारतीय मिडियाका अनुसार, दक्षिण गोवाको क्यानाकोन भन्ने गाउँमा पूनम आफ्नो नयाँ चलचित्रको छायांकन पनि गरिरहेकी थिइन् ।

सोमबार बेलुकी पाण्डेले प्रहरीमा दिएको उजुरीमा सामले उनलाई कुटेको र गम्भिर परिणाम भोग्ने धम्की दिएको उल्लेख छ । प्रहरीले पूनम पाण्डेको मेडिकल टेष्ट गर्ने बताएको छ ।

सेम्टेम्बर १० मा पूनम र सामले मुम्बइमा बिहे गरेको घोषणा गरेका थिए । उनीहरु दुबैले सामाजिक संजालमा तस्वीर पनि शेयर गरेका थिए । तर, अहिले दुबैले सामाजिक संजालबाट बिहेको तस्वीर हटाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?