Comments Add Comment

हातहतियार तथा डकैती मुद्दाका फरार प्रतिवादी क्रिकेट खेल्दा खेल्दै पक्राउ

७ असोज, जनकपुरधाम । हातहतियार तथा डकैती मुद्दाका फरार एक प्रतिवादी महोत्तरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका-६ बस्ने ३० वर्षीय सतेन्द्रकुमार यादव छन् । उनी मुन्ना, छोडका र बण्ठा उपनामबाट समेत चिनिने गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले गौशाला नगरपालिका-५ स्थित मरहा खोला किनारमा क्रिकेट खेल्दै गरेको समयमा उनलाई पक्राउ गरेको हो ।

महोत्तरीका प्रहरी प्रबक्ता एवं एसपी कृष्ण प्रसाईंका अनुसार पक्राउ परेका यादव महोत्तरी र सर्लाही जिल्लाका बिभिन्न घट्नामा संलग्न रही फरार रहेका थिए । मंगलबार पक्राउ परेका उनको पीसीआर टेस्ट गराई जिल्ला प्रहरी कायालय महोत्तरीमा राखिएको र जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको बताए ।

यादवविरुद्व तीन अभियोग

पक्राउ परेका यादवविरुद्व मुख्य तीन अभियोग रहेको छ । प्रहरीका अनुसार महोत्तरीको बलवा नगरपालिका-३ परौलस्थानस्थित जय बाबा कारिक मनी ट्रान्सफरमा लुटपाट गर्ने योजना उनले बनाएका थिए ।

योजना अनुरुप गाउँकै राकेश यादवलाई लिएर २०७६ साल मंसिर २३ गते त्यसतर्फ जाँदै गर्दा औरही नगरपालिका-३ श्रीपुरस्थित जंघा खोलाको बगरबाट ४ राउण्ड गाोली लोड गरिएको नलकटुवा पेस्तोल १ थानसहित राकेश यादव पक्राउ परेका थिए भने सतेन्द्र फरार भएका थिए । प्रहरीले पछि उनीविरुद्व हातहतियार खरखजाना तथा डाँका उद्योग मुद्दा चलाएको थियो ।

महोत्तरीकै मनरा सिस्वा नगरपालिका २ भोलही चोकस्थित रामसेवक यादवको घरमा २०७५ साल पुस २३ गते राति १ बजे १५/१६ जनाको हतियारधारी डाँकाहरुको समूहले गोली फायर गरी बम बिष्फोट गराई नगद र सुनका गहना लुटेका थिए । उक्त घट्नामा पनि संलग्न सतेन्द्रविरुद्व डाँका तथा संगठित अपराध मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, सर्लाहीको इश्वरपुर नगरपालिकास्थित जय माँ महारानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनेश्वर साह नेपाल इन्भेष्टमेन्ट बैंकबाट नगद रु ९ लाख ९० हजार झिकेर ना.५५प ९५९३ नम्बरको मोटरसाइकलमा आइरहेको अवस्थामा २०७५ मंसीर २० गते इश्वरपुर १३ बाट सतेन्द्र, गंगाधर साह समेतले पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीको भनाइ छ । उक्त घट्नामा प्रहरीले डाँका तथा संगठित अपराध मुद्दा दर्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment