Comments Add Comment

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा   

फाइल तस्वीर

८ असोज, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँगै दुईतर्फी सडक सञ्चालनमा आएको छ । बिहीबार अपराह्न १२ः५ बजे पहिरो पन्छाइएको होे ।

इच्छाकामना गाउँपालिका वडा नम्बर-६ स्थित चार किलोमा बुधबार राति ९ः२० बजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार सो स्थानमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको हो । सोही सडकखण्डको पाँच किलोमा सडक एकतर्फी सञ्चालनमा रहेको छ । उता पृथ्वी राजमार्गको कुरिनटारमा पनि एकतर्फी सवारी साधन सञ्चालनमा आएको उनले जानकारी दिए ।

केही दिनयताको निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गका ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment