Comments Add Comment

गर्भमा छोरा छ कि छोरी ? भ्रम कतिपय

गर्भमा रहेको बच्चा छोरा वा हो छोरी ? गर्भवतीको शारीरिक स्थिति वा अन्य कुनै संकेतबाट त्यसको छिनोफानो गर्न सकिएला ?  जब तपाईं गर्भवती हुनुहुन्छ, परिवार र वरिपरिका धेरै व्यक्तिहरूले तपाईंलाई सल्लाह दिन्छन् वा कथाहरू सुनाउन थाल्छन् ।  केही व्यक्तिले त तपाईंको पेटमा रहेको बच्चा छोरा छ कि छोरी छ भनेर समेत अनुमान लगाउन भ्याउँछन् । जहाँसम्म यसरी अवैज्ञानिक तरिकाले बच्चाको लिंगको आकलन गर्ने रोचक तरिका छ त्यसलाई धेरैले विश्वास गर्न पनि सक्छन् ।  तर केही रोचक र सामान्य किंवदन्तीहरू छन् जसले पेटमा रहेको बच्चा केटा हो या केटी हो ? भन्ने संकेत गर्ने गरिन्छ । तर त्यसमा सत्यता भने नरहेको जानकारहरू बताउँछन् ।

मुटुको धड्कन सुन्नुहोस्

भनिन्छ, यदि एक भ्रुणको मुटुको धड्कन प्रत्येक मिनेट १४०–१६० भन्दा धेरै पटक धड्कियो भने पेटमा छोरी छ भन्ने आकलन गर्दा हुन्छ । यद्यपि विज्ञानले भ्रुणको लिङ्ग मुटुको धड्कनसँग सम्बन्धित छ भन्ने कुरालाई स्वीकार भने गरेको छैन । सामान्यतया भ्रुणको मुटुको धड्कन १२०– १६० बीपीएमको बीचमा हुन्छ, जुन जन्मभन्दा पहिले घट्न सक्छ ।

बिहानमा देखिने बिरामीको लक्षण 

केही व्यक्तिहरू गर्भवतीलाई बिहान देखापर्ने बिरामीको लक्षणलाई छोरी जन्मिने संकेतको रुपमा मान्छन् । जबकि विज्ञानले यो गर्भावस्थाको समयमा हर्मोनल परिवर्तनका कारणले हुने लक्षण मान्छ ।

उच्च गर्भावस्था

जानकारहरुका अनुसार यदि केटीहरूको पेट माथितिर उठेको खालको देखिन्छ भने त्यो छोरी जन्मने लक्षण हो भने तलतिर झुलेको जस्तो देखिनु छोरा पाउने संकेत हो । पेट गोलाकार आकृतिमा हुनु पनि छोरी भएको संकेत हो । यद्यपि यो धारणा पूर्ण रूपमा गलत छ । गर्भावस्थामा रहेको बच्चा पेटको आकारमा नभई फ्याट, मांसपेशीहरूको आकार र भ्रुणको स्थितिले निर्भर गर्छ ।

छालाको परिवर्तन

केही मानिसहरू छाला धेरै चिल्लो भयो भने त्यो छोरी जन्मिने संकेत हो भन्ने गर्छन् । यद्यपि विज्ञान अनुसार यो हर्मोनल परिवर्तनका कारणले हुने बदलाव हो ।

मुड परिवर्तन

गर्भावस्थामा हर्मोनमा हुने परिवर्तनका कारण महिलाहरूको मुड परिवर्तन हुँदै जान्छ । तर केही व्यक्तिहरू यसलाई छोरी जन्मिने संकेतको रूपमा पनि लिने गर्छन् । यसमा पनि वैज्ञानिक तथ्य भने छैन ।

स्तनको आकारमा परिवर्तन

यो विश्वास गरिन्छ कि गर्भवतीको बायाँ स्तन दायाँभन्दा अलिक ठूलो देखियो भने यो छोरी जन्मने संकेत हो र अन्यथा छोरा जन्मिने संकेत हो । विज्ञानले दुग्ध उत्पादन र हार्मोनल परिवर्तनहरूका कारण गर्भावस्थामा स्तनको आकार बढ्ने उल्लेख गरेको छ ।

महिला एकापट्टि फर्किएर सुत्नु

यो पनि विश्वास गरिन्छ कि यदि तपाईं आफ्नो गर्भावस्थामा दायाँपट्टि सुतेको महिलालाई देख्नुभयो भने सम्भवतः त्यो बच्चा छोरी हो भन्ने मानिन्छ । यद्यपि यो पनि सत्य होइन किनकि गर्भवती महिलाले पेटको बढेको कारण आफ्नो सुताइको स्थिति परिवर्तन गर्नु स्वाभाविक हो । यस्तो अवस्थामा सुत्न महिलाहरूले सहज महसुस गर्छन् ।

पिसाबको रंगमा परिवर्तन हुनु

यदि तपाईं गर्भावस्थामा पहेँलो रंगको पिसाब फेर्नुहुन्छ भने तपाईंको छोरी हुने सम्भावना हुन्छ । वास्तवमा पिसाबको रंग बच्चाको लिंगसँग सम्बन्धित भने हुँदैन । तर पिसाबको हल्का रंग डिहाइड्रेसनको संकेत भने हो ।

गुलियो खानेकुराको लालसा

एक आमधारणा यो छ कि जब गर्भवती महिलाले चकलेट र आइसक्रिम जस्ता गुलियो खानेकुरा धेरै खान्छन् भने उनीहरुको पेटमा छोरी छ भन्ने आकलन गरिन्छ । गर्भावस्थामा यस्तो हार्मोनल परिवर्तन पोषणको कमीका कारण हुन सक्छ ।

यसबाहेक, गर्भमा केटा वा केटीमध्ये के छ भनेर केही हास्यास्पद तरिकाले पनि भविष्यवाणी गर्ने गर्छन् ।

– एउटा धागोमा औंठी बाँधेर गर्भवतीको पेटमाथि राख्नुहोस् । यदि औंठी पेटमा गोलाकार गतिमा घुम्यो भने यो संकेत छोरी जन्मिन्छ भन्ने मान्यता छ । अन्यथा छोरा जन्मिन्छ भन्ने मान्यता छ ।

यो पनि विश्वास गरिन्छ कि यदि महिलाको उमेर र गर्भधारणको मिति समान छ भने छोरी पाउने सम्भावना हुन्छ । यस्ता तर्कहरू भने केवल ठट्टाका लागि गरिने तर्कहरू हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment