+
+
Shares

प्रदेश १ मा ६ हजार नाघे कोरोना संक्रमित

२ हजार ६ सय कोरोना संक्रमण मुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ८ गते १७:१७

८ असोज, विराटनगर । प्रदेश १ मो कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । बिहीबार थप ११४ संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित मध्ये २ हजार ६१९ जना संक्रमण मुक्त भएका छन् ।

प्रदेश १ मा रहेका ६ हजार ६४ संक्रमित मध्ये ५७ जनाको मृत्यु भएको छ । ३ हजार ३८८ सक्रिय संक्रमित छन् ।

प्रदेश १ मा १ लाख १८ हजार ८१० जनाको पीसीआर परीक्षण भएको छ ।

एकैदिन थपिए ११४ संक्रमित

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार मोरङमा ८६, सुनसरीमा २१, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १/१ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार विराटनगरमा ७१ संक्रमित थपिएका छन् । जसमा ३६ महिला र ३५ पुरुष छन् ।

मोरङको बुढीगंगामा २ महिला र ४ पुरुष, सुन्दरहरैचामा २ महिला र २ पुरुष, कटहरीमा २ पुरुष, पथरी शनिश्चरेमा १ महिला , सुनबर्षी र धनपालथानका १/१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा ४ महिला र ९ पुरुष, दुहवीमा १ महिला र ६ पुरुष, इटहरीमा १ पुरुष, झापाको विर्तामोडमा २ पुरुष, झापा गाउँपालिका, भद्रपुर र कनकाईमा १/१ जना पुरुष, उदयपुर र प्रदेश १ बाहिरका १/१ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?