+
+
Shares

तुलसीपुरका कोरोना संक्रमित युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ८ गते २०:०७

८ असोज, तुलसीपुर । दाङको तुलसीपुरमा पहिलो पटक कोरोना संक्रमणका कारण एक युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँ निवासी ३९ बर्षीय एक युवकको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो ।

बोनम्यारोको समस्या देखिएपछि ती युवक भदौ ४ गते काठमाडौंस्थित सिभिल अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। उपचारको क्रममा सोही अस्पतालमा उनलाई कोरोना संक्रमण पुष्टि भएको आफन्तले बताएका छन् । भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आईसीयूहितको उपचार चाहिने भन्दै राजधानीको ह्यम्स अस्पतालमा सारिएको थियो ।

उपचारका क्रममा उनको विहीबार विहान साढे २ बजेतिर ह्याम्स हस्पिटलमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । नेपाली सेनाले उनको अन्त्येष्टि काठमाडौंमै गर्ने तयारी गरेको छ ।

योसहित कोरोना संक्रमणका कारण दाङका ३ जनाको मृत्यु भएको छ । घोराहीको ट्राफिक चोकमा एक जना सडकमा बस्ने महिलाको मृत्युपछि कोरोना पुष्टि भएको थियो । त्यस्तै अर्का एकजना भारतमा मृत्यु भएका व्यक्तिको शव दाङमा ल्याएर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?