+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीलाई ब्‍याजमा १२% छुट

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ९ गते १८:३१

९ असोज, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कोरोना भाइरस महामारीबाट यस डेभलपमेन्ट बैंकका ऋणी ग्राहकहरूलाई परेको असरको मूल्यांकन गर्दै बुझाउन बाँकी आश्विन मसान्तसम्मको ब्याज रकममा १२% आकर्षक छुटको योजना ल्याएको छ।

बैंकका ऋणी ग्राहकहरूले २०७७ आश्विन मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम आश्विन मसान्तसम्म भुक्तानी गरेमा भुक्तानी गरिएको ब्याज रकममा १२ प्रतिशत सहुलियत स्वरुप छुट हुने व्यवस्था गरिएको बैँकले जानकारी गराएको हो।

व्याज रकममा छुट गरिंदा २०७७ असार मसान्त सम्मको यस डेभलपमेन्ट बैंकको आधार दर ९द्यबकभ च्बतभ० भन्दा कम नहुने गरी छुट दिईने बैँकले जनाएको छ।

व्याज रकममा दिइएको छुट शेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त बित्तीय संस्था लिमिटेडको नाममा दिइएको थोक कर्जामा लागु नहुने समेत बैँकले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?