Comments Add Comment

कोरोनाको खोप पत्ता लाग्नुअघि २० लाखको ज्यान जाने डब्ल्यूएचओको चेतावनी

१० असोज, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाविरुद्धको खोप पत्ता लाग्नुअघि विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी दिएको छ ।

डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले सो चेतावनी दिएका हुन् । कोरोना संक्रमणबाट जोगिन एकीकृत र प्रभावकारी कदम चाल्नुपर्नेमा समेत जोड दिए ।

सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिन सुरु गरेको थियो । त्यसयता कोरोना संक्रमणका कारण विश्वभर झण्डै १० लाख मानिसको ज्यान गइसकेको छ । यसैगरी कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या तीन करोड २० लाखभन्दा धेरै छ ।

डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले कोरोना महामारी रोक्न राम्रो उपचार र प्रभावकारी खोपमात्रै सबथोक नभएको बताए । त्यसका लागि सबै देशका सरकारहरुले कोरोना नियन्त्रणका लागि सम्भव भएसम्मका सबै उपाय कडाइका साथ अपनाउनुपर्नेमा उनले जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment