१० असोज, चितवन । हेटौंडाका एकजना कोरोना संक्रमितको उपचारको क्रममा चितवनमा मृत्यु भएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ निवासी ७४ वर्षीय पुरुषको आज (शनिबार) १२ः१८ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।
उनी श्वासप्रश्वास तथा निमोनियाको समस्या भई असोज ३ गते अस्पताल भर्ना भएका थिए । उनमा असोज ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई सघन उनकक्षमा राखेर उपचार भइरहेको थियो ।
योसँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । जिल्लाका मात्रै १८ जना छन् ।
