१० असोज, काठमाडौं । नेपाल-चीनबीचको १३ नम्बर सीमास्तम्भ निरीक्षणका लागि नेपाली टोली सीमा क्षेत्रमा पुगेको छ ।
मुगुका सहायक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) केशव ज्ञवालीको नेतृत्वमा १४ सदस्यीय निरीक्षण टोली खटिएको प्रजिअ कृष्णकुमार निरौलाले जानकारी दिए । उनका अनुसार निरीक्षण टोलीमा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी र मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष लगायत छन् ।
सीमा क्षेत्र जिल्ला सदरमुकाम गमगढीबाट चार दिनको पैदल दुरीमा छ ।
‘सीमास्तम्भको अवस्था बुझेर आवश्यक परे मर्मत, सम्भार गर्न र बिओपी स्थापनाका लागि उपर्युक्त स्थान छनोटका लागि टोली खटिएको हो’ प्रजिअ निरौलाले अनलाइनखबरसँग भने, ‘चिसोका कारण दशैंपछि जान नसकिने भएकाले अहिले नै नियमित निरीक्षणका लागि पठाएका हौं ।’
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4