Comments Add Comment

सञ्जीव उप्रेती भन्छन्– प्रश्रितसँगै उभिएर पद्मश्री पुरस्कार लिन सक्दिनँ

११ असोज, काठमाडौं । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वर्ष २०७६ को पद्मश्री पुरस्कार आफूलाई अर्पण गर्ने निर्णयप्रति लेखक सञ्जीव उप्रेतीले आपत्ति जनाएका छन् ।

प्रतिष्ठानले पद्मश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई पनि सँगै दिइने निर्णयप्रति उप्रेतीले आपत्ति जनाएका हुन् ।

उप्रेती भन्छन्, ‘यौन हिंसाको आरोपमा पर्नुभएको लेखकसँगै बसेर एउटै मञ्चबाट पुरस्कार लिन मलाई गाह्रो पर्छ । पुस्तककै माध्यमबाट मोदनाथ पश्रितलाई शारदा भुषालले लगाएको आरोप अझै रहिरहेकाले पुरस्कारसँग मेरो विमत्ति रहेको हो ।’

उप्रेतीका अनुसार उनले आयोजकलाई आफ्नो धारणा पठाइसकेको जनाएका छन् । आयोजकको जवाफ आएपछि मात्र पुरस्कार लिने, नलिने व्यक्तिगत निर्णय गर्ने उप्रेतीले अनलाइनखबरलाई बताए ।

लेखक एवं प्राध्यापक उप्रेती लैंगिक समानताका पक्षमा निरन्तर लेखिरहने साहित्यकारमा पर्छन् ।

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई अर्पण गर्ने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस पद्मश्री उप्रेतीलाई, साधना सम्मान प्रश्रितलाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment