+
+
Shares

पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूचीमा १५ कृति

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते ८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वि.सं. २०८३ सालको पद्मश्री साहित्य पुरस्कारका लागि विस्तारित सूची सार्वजनिक गरेको छ ।
  • प्रतिष्ठानले यस वर्ष प्रकाशित १९२ वटा साहित्यिक कृतिमध्येबाट उत्कृष्ट १५ कृतिलाई छनोट गरी विस्तारित सूचीमा समावेश गरेको छ ।
  • प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेका अनुसार आगामी महिना छनोट समितिले विस्तारित सूचीबाट पाँच कृतिको संक्षिप्त सूची सार्वजनिक गर्नेछ ।

१५ असार, चितवन । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वि.सं. २०८३ सालको पद्मश्री साहित्य पुरस्कारका लागि विस्तारित सूची सार्वजनिक गरेको छ ।

प्रतिष्ठानका अनुसार यस वर्ष प्रकाशित १९२ वटा साहित्यिक कृतिमध्येबाट पुरस्कार छनोट समितिले उत्कृष्ट १५ कृतिलाई विस्तारित सूचीमा समावेश गरेको हो ।

विस्तारित सूचीमा वर्णानुक्रमअनुसार ‘अ–विधवा’ (गोविन्द गिरी प्रेरणा), ‘कल्प’ (डा. नवराज लम्साल), ‘जगज्जननी उसकी आमाको नाम होइन’ (नारायण ढकाल), ‘तुलु राजा’ –चन्द्रप्रकाश बानियाँ), ‘तोरकीन’ (क्षितिज समर्पण), ‘दहाड’ (नवीन अभिलाषी), ‘परिधि’ (उमा सुवेदी), ‘पैकेलो’ (ओम रिजाल), ‘भग्न प्रेमशाला’ (खगेन्द्र गिरी), ‘मध्यको उज्यालो’ (भूपिन), ‘महायुग’ (सीमा आभास), ‘स्वस्पर्श’ (डा. नवराज केसी), ‘सलह’ (श्रवण मुकारुङ), ‘सूतपुत्र’ (शंकरप्रसाद गैरे) र ‘हिउँद’ (नदीश) परेका छन् ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेका अनुसार आगामी महिना छनोट समितिले यही विस्तारित सूचीबाट पाँच उत्कृष्ट कृतिको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गर्नेछ ।

पद्मश्री साहित्य पुरस्कार नेपाली साहित्यको प्रतिष्ठित पुरस्कारमध्ये एक मानिन्छ । पुरस्कारका लागि अन्तिम विजेताको घोषणा सर्टलिस्ट सार्वजनिक भएपछि गरिने प्रतिष्ठानले जनाएको छ ।

सामान्यतया कोजाग्रत पूर्णिमाका दिन आयोजित विशेष समारोहमा नगद राशि, सम्मानपत्रसहित पद्मश्री पुरस्कार प्रदान गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?