News Summary
Generated by OK AI. Editorially reviewed.- पाँचथरमा बाढी–पहिरोको प्रकोप र युवा जनशक्ति विदेशिने क्रम बढ्दा धान खेती हुने क्षेत्रफल बर्सेनी घट्दै गएको छ ।
- कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा ११ हजार ९ हेक्टरमा धान खेती हुने गरेकामा हाल घटेर ५ हजार ८ सय ४८ हेक्टरमा सीमित भएको छ ।
- मौसममा आएको परिवर्तन र सिँचाइ सुविधाको अभावका कारण यस वर्ष धान रोपाइँ ४१ प्रतिशतमात्र सम्पन्न भएको बाली संरक्षण अधिकृत केशर बहादुर मंगरातीले बताउनुभयो ।
१५ असार, पाँचथर । आज असार–१५ किसानहरुका लागि महत्पूर्ण दिन मानिन्छ । दहि चिउरा खादै खेतमा काम गर्ने, रोपाइँ गर्ने अवसरको रुपमा लिइन्छ । सरकारी निकायले धान दिवसको रुपमा मनाएपनि किसानहरु खेतीबारीमै व्यस्थ हुन्छन् ।
असार–१५ धान खेती गर्ने किसानका लागि महत्पूर्ण दिन भएपनि पूर्वी पहाडी जिल्ला पाँचथरका पछिल्ला बर्ष धान खेती घट्दै गएको निरासायुक्त अवस्था रहको छ ।
पछिल्ला बर्षमा आएका बाढि,पहिरोले तटिय क्षेत्रका खेत तथा सिचाई कुलो बगाएका छन् । कृषि पेशाको आर्कषण खट्दै गएको, युवाको बढि ध्यान विदेश हुनुका साथै अन्यबाली तर्फको निर्भरताले बर्सेनी धान खेती घटिरहेको देखिन्छ ।
कतै खेत बाझैँ छन् भने कतै खेत जंगल भएका छन । ठाँउ ठाँउ मा पहिरोले क्षती गरेका खेत देखिन्छ । यतिबेला किसान खेतमा धमाधम काम गरिरहेका छन् । तर तथ्याङ्कले धान खेतीको क्रम घट्दै गएको देखिन्छ । कृषि ज्ञान केन्द्र पाँचथरको तथ्याङ हेर्दा खेती गर्ने क्षेत्र र उत्पादन घटिरहेको देखिन्छ । आर्थिक बर्ष २०७५/७६ मा ११ हजार ९ हेक्टरमा धान खेती हुने गरेकोमा पछिल्लो समय आधामात्र खेती हुने गरेको छ । धान खेती हुने क्रम क्रमश: घटिरहेको छ । आर्थिक बर्ष २०८१/८२ मा ५ हजार ८ सय ४८ दशमलव ४ हेक्टरमामात्र धान खेती भएको देखिन्छ ।

२०६७ को पछिका बाढी पहिराले धान खेतीमा क्षती पुर्याईरहेको देखिन्छ । ‘२०७८ सालको बाढी पहिरोले लिम्बा, दुर्बिम्बा, आरुबोटे क्षेत्रमा ठुलो असर पर्यो । कुलो बगाएकाले मैलेपनि धान खेती गर्न पाएका छैन’ मिक्लाजुङ गाउँपालिकाको लिम्बाका किसान महेन्द्र प्रसाद रेग्मीले भने ‘विपद्को असर किसानलाई पर्यो । धानखेतीमा त ठुलै क्षती पुगेको छ ।’
खेतमा कतै भित्ता, अलि तसिरहेका, कतै हिल्याउदै गरेका, कतै रोपाइ लागि तयारी तथा कतै रोपाइ भईरहेको देखिन्छ । पाँचथरका सबै स्थानीय तहमा धान खेती गर्ने क्रम क्रमश घट्दा तराईको उत्पादनमा भर पर्नु पर्ने अवस्था देखिन्छ । ‘हरेक बर्ष धान खेती गर्ने क्रम घट्दै छ । विगतको तुलनामा धेरैकम क्षेत्रमा धान खेती हुन्छ । कतै अलैची लगाइएको छ, कतै बाझै छ’ कृषि ज्ञान केन्द्र पाँचथरका बाली संरक्षण अधिकृत केशर बहादुर मंगरातीले भने ‘खोला आसपासका खेतमा बाढीले असर गर्यो । सिचाई कुलो समेत बगाएकाले किसानले धान रोप्न पाएको अवस्था छैन ।
४१ प्रतिशतमात्र रोपाइँ
पछिल्ला समय पानी पर्ने तालिका फेरीएकाले पनि किसानलाई असर परिरहेको देखिन्छ । बैशाख जेठमा पानी राम्रोसँग परेपनि असारमा राम्रोसँग परेको छैन् । जसले रोपाईलाई पनि असर गरीरहेको छ । ठाउँ ठाउँमा पानी पर्ने, नपर्ने भएको देखिन्छ । हालसम्म ४१ प्रतिशतको हारहारीमा रोपाँइ भएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । गतबर्षमा यो अवधिमा ४५ प्रतिशत रोपाइँ भएको थियो ।
‘कतै पानी पर्छ कतै पर्दैन् । याङवरकमा बाढी पहिरोले खेत बगायो । यता फिदिममा चर्को घाम लागिरहेको छ’ मंग्राती भन्छन् ‘पछिल्लो समय किसानलाई मौसमले पनि साथ दिएको छैन् ।’
पाँचथरका अधिकतर स्थानीय प्रजातीको धान खेती हुने गरेको छ ।
प्रतिक्रिया 4